राष्ट्रिय स्वतन्त्र पार्टी डाेटीले जिल्ला प्रशासन कार्यालय डोटी लाई आईतवार ध्यानाकर्षण पत्र बुझाएको छ ।
हरेक जनताहरुलाई शुसासनको अनुभूति गराउन राज्यका निकायहरुले तदारुकता र जिम्मेवारी देखाउने गरि काम हुनु पर्ने भएकाले प्रशासन कार्यालयकाे ध्यानाकर्षण हुनु पर्ने रा.स्व.पा.डाेटीका सभापति केशव बलायरले बताए ।
सभापति बलायर द्वारा हस्ताक्षरित पत्रमा भनिएकाे छ ।
लामो समय देखि डोटी जिल्ला अस्पताल सम्म जाने सवारी साधन नहुदा बिरामीहरुलाई मर्का पर्दै आईरहेका छन।
दिपायलवाट आउँने सार्वजनिक सवारी साधनहरुको अन्तिम रोक्ने ठाउँ सिलगढी स्थित प्रहरी चेक पोस्ट सम्म मात्र हुँदा दिर्घ रोग बिरामीहरुलाई र बृद्ध आमाबुवाहरुलाई जिल्ला अस्पताल सम्म आउन असहज वातावरणको स्थिति सिर्जना भएको छ।
जिल्ला अस्पताल डोटीमा कुरुवा घर नहुदा पनि बिरामिका आफन्तहरूलाई बस्नको लागि असहज भएको ब्यापक गुनासो आएको छ।
दुई वटा नव निर्मित भवनहरुको काम ढिलासुस्ती हुँदा अस्पतालको सेवा प्रवाहमा पनि समस्या देखिएको छ त्यसको प्रत्यक्ष प्रभाव जिल्ला अस्पताल सम्म जाने सेवाग्राहीलाई पर्दै आईरहेको छ।
सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत नि:शुल्क उपचार पाउने जेष्ठ र बिपन्न नागरिकहरुलाई अस्पताले आवश्यक सहजीकरण गर्नुपर्ने देखिन्छ।
एकातिर बिरामी शरीर अर्कोतिर उपचार नपाई फिर्ता हुनुपर्दा असाध्यै पिडा हुँदो रहेछ। नि:शुल्क उपचार लिन आउने नागरिकले ल्याउनुपर्ने अति आवश्यक कागजातको वारेमा रेडियो वा अरु सजिलो माध्यमवाट सार्वजनिक सूचनाको आह्वान गर्दा सेवाग्राहीलाई सहज हुने आम नागरिकको बुझाई रहेको छ।
तसर्थ , माथी उल्लेखित महत्वपूर्ण र सबै जनताले भोग्दै आईरहेका समस्याहरुलाई समाधान गर्नको लागि आवश्यक समन्वय र निर्देशन गरिदिन हुन यो पत्र मार्फत गम्भिर ध्यानाकर्षण गराउदछौ।
रा.स्व.पा डाेटीले जिल्लाका जनताले भाेगेका समस्यामा का विषयमा बेलबेलामा सम्बन्धित निकायलाई झकझक्याउदै आईरहेकाे छ ।



