२०८१ फाल्गुन २८ बुधबार
Social Media Icons
२०८१ फाल्गुन २८ बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टी डाेटीले जिल्ला प्रशासन कार्यालय डोटी लाई आईतवार ध्यानाकर्षण पत्र बुझाएको छ ।

हरेक जनताहरुलाई शुसासनको अनुभूति गराउन राज्यका निकायहरुले तदारुकता र जिम्मेवारी देखाउने गरि काम हुनु पर्ने भएकाले प्रशासन कार्यालयकाे ध्यानाकर्षण हुनु पर्ने रा.स्व.पा.डाेटीका सभापति केशव बलायरले बताए ।

सभापति बलायर द्वारा हस्ताक्षरित पत्रमा भनिएकाे छ ।

लामो समय देखि डोटी जिल्ला अस्पताल सम्म जाने सवारी साधन नहुदा बिरामीहरुलाई मर्का पर्दै आईरहेका छन।

दिपायलवाट आउँने सार्वजनिक सवारी साधनहरुको अन्तिम रोक्ने ठाउँ सिलगढी स्थित  प्रहरी चेक पोस्ट सम्म मात्र हुँदा दिर्घ रोग  बिरामीहरुलाई र बृद्ध आमाबुवाहरुलाई जिल्ला अस्पताल सम्म आउन असहज वातावरणको स्थिति सिर्जना भएको छ।

जिल्ला अस्पताल डोटीमा कुरुवा घर नहुदा पनि बिरामिका आफन्तहरूलाई बस्नको लागि असहज भएको ब्यापक गुनासो आएको छ।

दुई वटा नव निर्मित भवनहरुको काम ढिलासुस्ती हुँदा  अस्पतालको सेवा प्रवाहमा पनि समस्या देखिएको छ त्यसको प्रत्यक्ष प्रभाव जिल्ला अस्पताल सम्म जाने सेवाग्राहीलाई पर्दै आईरहेको छ।

सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत नि:शुल्क उपचार पाउने जेष्ठ र बिपन्न नागरिकहरुलाई अस्पताले आवश्यक सहजीकरण गर्नुपर्ने देखिन्छ।

एकातिर बिरामी शरीर अर्कोतिर उपचार नपाई फिर्ता हुनुपर्दा असाध्यै पिडा हुँदो रहेछ। नि:शुल्क उपचार लिन आउने नागरिकले ल्याउनुपर्ने अति आवश्यक कागजातको वारेमा रेडियो वा अरु सजिलो माध्यमवाट सार्वजनिक सूचनाको आह्वान गर्दा सेवाग्राहीलाई सहज हुने आम नागरिकको बुझाई रहेको छ। 

तसर्थ , माथी उल्लेखित महत्वपूर्ण र सबै जनताले भोग्दै आईरहेका  समस्याहरुलाई समाधान गर्नको लागि आवश्यक समन्वय र निर्देशन गरिदिन हुन यो पत्र मार्फत गम्भिर ध्यानाकर्षण गराउदछौ।

रा.स्व.पा डाेटीले जिल्लाका जनताले भाेगेका समस्यामा का विषयमा बेलबेलामा सम्बन्धित निकायलाई झकझक्याउदै आईरहेकाे छ ।

डाेटीमा यतिबेला भुवा पर्वकाे राैन सुरु भएकाे छ ।

शुदुरपश्चिमकाे विभिन्न जिल्लामा मनाईने भुवा पर्व डाेटीमा समेत उल्लास का साथ मनाईन्छ ।

पुस महिनाको औँसीको रातबाट मुढा बालेर सुरु गरिने भुवा पर्वलाई यहाँका स्थानीयले टाउकामा सेताे पगणि ,सेताे सट र सेताे झकुलाे (सेताे जामा) लगाउँदै हातमा ढाल तरवार समातेर भुवा खेल्न थालेपछि डाेटीमा भुवाकाे रौनक छाउन थालेको छ । 

त्रेतायुगमा पाण्डव र कौरबबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले जितको खुसियाली मनाएको दिनमा भुवापर्व मनाउने गरेको किंवदन्ती छ । यसै मान्यताका साथ सुदूरपश्चिमका विभिन्न जिल्लामा भव्य रुपमा मनाइने यो पर्व डाेटी वासीले यो वर्ष पनि हर्ष र उल्लासका साथ भुवा पर्व मनाउदै छन ।
डाेटीकाे पुर्विचाैकी गाउपालिका वडा नं ४ सानागाउँमा १९ गते रतेडि र २० गते दिउसेडी मेला हुने गरि भुवा राैनक छाएकाे हाे ।
शुदुर पश्चिमका जिल्ला हरुमा मनाइने भुवा मध्य सानागाउँकाे भुवा बिशेष रुपमा प्रख्यात रहेकाे छ ।

तिर्थ नेपाली पुस १६ काठमाण्डाै

बालाजु स्कुलमा अफ ईन्जिनियरिङ्ग कलेजमा खेलकुद सप्ताह सुरु भएको भएको छ ।

काठमाडौ महानगरपालिका वडा नं. १६ अवस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिसद् अर्न्तगत, बालाजु स्कुल अफ ईन्जिनियरिङग एण्ड टेक्नोलोजीको  ६३ औ वार्सिक उत्सवको अवसरमारास्ट्रका लागि खेलकुद स्वास्थका लागि खेलकुद भने मुल नाराका साथ विद्यार्थीको चौतर्फी विकासको लागि हरेक बर्ष आयोजना गर्ने कार्यक्रम अर्न्तगत सञ्चालित खेलकुद सप्ताह यस वर्ष पनि आयोजना गारिएको बालाजुका प्रधानाध्यापक खुशीराम अधिकारीले बताए ।

खेलकुद सप्ताह अन्तर्गत म्याराथन ,चेस,ब्याट्मिटन म्युजिकल चेयर, हाजिर जवाफ,वतृत्व कला,टेबल टेनिस भलिबल ,फुटसल, क्रिकेट , बास्केटबल,टग अफ वार लगाएतका खेलहरु समावेश छ्न् ।

त्यस्तै खेलकुदले विभिन्न भूगोलबाट आएका विध्यार्थी भाईबहिनीहरुको एक अर्का प्रतिको आत्मियता सद्भाव, भाईचाराको सम्बन्ध स्थापित गर्ने माध्यम खेलकुद रहेको सप्ताहाका सयोजक सुदन भक्त अधिकारीले जानकारी गराए ।

पुस १४ गते बाट सुरु भएको खेलकुद सप्ताहको सम्पुर्ण नतिजा तथा पुरस्कार वितरण कार्यक्रम फाल्गुन १३  गते  रहेको खेलकुद संयोजक सुदन भक्त अधिकारीले बताए ।

सप्ताहाका विजेता उपविजेताहरुले मेडल ,ट्रफी ,र प्रमाणपत्र पाउनेछन् ।
वि.सं.२०४५ सालमा स्थापना भएको बालाजुमा स्कुल अफ ईन्जिनियरिङग एण्ड टेक्नोलोजीबमा ,डिप्लोम ईन सिभिल,ईन्जिनियरिङ ,डिप्लोमा ईन बायोमेडिकल ईन्जिनियरिङ ,मेकाट्रोनिक ,मेकानिकल,अटोमोबाईल ,ईलेक्ट्रीकल ,प्रमाणपत्र तह अप्थालमिक साईन्स र प्रि- डिप्लोमा तह ईलेक्ट्रीकाल ,मेकानिकल लगाएतका कार्यक्रमहरु अध्यापन गराईन्छ ।

ईन्जिनियरिङ उत्पादन प्रतिष्ठित कलेजको रुपमा बालाजुलाई लिईन्छ

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।