काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेस प्रचार विभागले श्रमिक पोष्ट नामक डिजिटल पत्रिकाको प्रकाशन शुरु गरेको छ ।
काठमाडौँमा आज आयोजित कार्यक्रममा ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले डिजिटल पत्रिकाको विमोचन गर्दै पत्रिका मार्फत आम जनमानसमा श्रमिकका सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो ।
अध्यक्ष कुँवरले श्रमसम्बन्धी गतिविधि सरोकारवाला सम्म पुर्याउनु डिजिटल पत्रिकाको उद्देश्य रहेको उल्लेख गर्नुभयो ।
त्यस अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसका महिला उपाध्यक्ष एवं प्रचार प्रसार विभाग प्रमुख राधिका कुइँकेलले डिजिटल पत्रिकामा ट्रेड युनियन काँग्रेस आबद्ध तथा जिल्ला कार्य समितिहरूले श्रमिकका सवालमा गरेका कार्यक्रम र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा भएका श्रमिकसम्बन्धी विषय समेटिने बताउनुभयो ।
डिजिटल पत्रिकाले ट्रेड युनियन प्रति सकारात्मक भावना विकास गर्ने अपेक्षा गरिएको उपाध्यक्ष कुइँकेलले उल्लेख गर्नुभयो ।
श्रमिक पोष्ट डिजिटल पत्रिका ट्रेड युनियन काँग्रेसको वेभ साइट ntuc.org.np मा हर्न र पढ्न सकिने छ ।
आर्थिक वर्ष २०८०/०८१ मा डोटी विमानस्थलले ४ सय ७४ रुपैयाँ मात्रै आम्दानी गरेको प्राधिकरणको रिपोर्टमा उल्लेख छ ।
नेपालमा हाल ५५ वटा विमानस्थल छन् । त्यसमध्ये ३५ वटा विमानस्थल सञ्चालनमा रहेको र बाँकी २० वटा विमानस्थल बन्द अवस्थामा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
यसरी सञ्चालन हुन नसकेका विमानस्थलहरूमा बझाङ, रुकुमको चौरजहारी, दार्चुला, ढोरपाटन, गोरखाको पालुङटार, दोलखाको जिरी, कालिकोट, अछामको कमल बजार, कंगेलडाँडा, ओखलढुंगाको खिजी चण्डेश्वरी, रसुवाको लाङटाङ, खोटाङको लामिडाँडा, महेन्द्रनगर, मनाङ, डोल्पाको मसिनेचौर, चितवनको मेघौली, रोल्पा, ओखलढुंगाको रुम्जाटार, सोलुखुम्बुको स्याङ्बोचे रहेका छन् । प्राधिकरणको रिपोर्टमा टीकापुरलाई बन्द विमानस्थलको सूचीमा राखेको भए पनि अहिले यो सञ्चालनमा आइसकेको छ ।
त्यसबाहेक अन्य ३५ विमानस्थल भने सञ्चालनमा छन् ।
यसरी सञ्चालित विमानस्थलमध्ये त्रिभुवन, पोखरा र गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थल हुन् । आन्तरिक विमानस्थलमध्ये विराटनगर, नेपालगन्ज र धनगढीलाई हब विमानस्थलको रूपमा वर्गीकरण गरिएको छ ।
यो विमानस्थलबाट विभिन्न विमानस्थलमा उडान हुने गरेको छ । बाँकी २९ विमानस्थल आन्तरिक विमानस्थल पनि अहिले सञ्चालनमा छन् । सञ्चालनमा रहेको विमानस्थलहरूमा बैतडी, बझाङ, बाजुरा, भरतपुर, भोजपुर, चन्द्रगढी, दाङ, डोल्पाको जुफल, डोटी, इलामको फाल्गुनन्द सुकिलुम्बा, गुल्मीको रेसुङ्गा छन् ।
त्यस्तै, जनकपुर, जोमसोम, जुम्ला, खानीनन्द, पोखरा, फाप्लु, राजविराज, रामेछाप, मुगुको ताल्चा, रुकुमको सल्ले, अछामको साँफेबगर, बाराको सिमरा, हुम्लाको सिमकोट, सुर्खेत, ताप्लेजुङ, सोलुखुम्बुको लुक्ला, खोटाङको थामखर्क र संखुवासभाको तुम्लिङटार विमानस्थल समेत सञ्चालनमा रहेका छन् ।
काठमाडौँ– सन् २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष रह्यो । समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण प्रेस स्वतन्त्रताको सवालमा यो वर्ष चुनौतीपूर्ण देखिएको तथ्याङ्क छ ।
नेपाल पत्रकार महासङ्घ, सञ्चार अनुगमन शाखामा यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटना अभिलेख भएका महासङ्घले जनाएको छ । विगतका वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता हननका घटना वृद्धि भएको छ । सन् २०२३ मा प्रेस स्वतन्त्रता हननका ५८ र सन् २०२२ मा ५३ वटा घटना अभिलेख भएका थिए । यस वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटना हुँदा ३४ जना पत्रकार महिला र एक सय १३ जना पुरुष पत्रकार पीडित भएका छन् भने १३ वटा सञ्चार संस्था प्रभावित भएका छन् ।
राष्ट्रिय दलित पत्रकार सङ्घ, कैलालीका सहसचिव सुरेश भुलको हत्या भएको घटनाको प्रारम्भिक रिपोर्ट हेर्दा उक्त घटना लक्षित हत्या भएको देखिन्छ । समाचार लेखेकै कारण ज्यान लिनेसम्को धम्की खेपिरहेका इटहरीका पत्रकार गोपाल दाहालका सम्बन्धमा महासङ्घले मिडिया मिसन खटाउनुपर्यो । समाचार लेखेकै कारण राज्यको नेतृत्व तहमा रहेका तथा जनताको प्रतिनिधि भनिएकाबाट पत्रकारमाथि भएको धम्की, धरपकड तथा दुव्र्यवहारका घटना अत्यन्त निन्दनीय मात्र हैन लोकतन्त्रमाथिकै प्रहार भएको महासङ्घ ठहर छ ।
सन् २०२४ मा नेपाली प्रेस जगत्ले अपेक्षाकृत प्रेससम्बन्धी कानून पाउन सकेन । लामो सयमदेखि प्रतीक्षारत मिडिया काउन्सिल विधेयकले पूर्णता पाएको छैन । यसबीचमा सरकारले सूचना प्रविधि विधेयक, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको छ । महासङ्घले विगतदेखि नै सञ्चारसम्बन्धी कानुनलाई व्यवस्थित गर्न र संविधानको मर्मअनुसार कानुन निर्माण गर्न सरकारलाई आग्रह गर्दै आएको छ ।
महासङ्घ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको भौतिक तथा व्यावसायिक सुरक्षामा प्रतिबद्ध रहेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन महासङ्घले सरकारसँग जोडदार माग गरेको महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै, महासङ्घले सरकारले ल्याउने प्रेससम्बन्धी कानुन प्रेस स्वतन्त्रताका विश्वव्यापी मान्यता र संवैधानिक प्रावधानका आधारमा मिडियामैत्री बनाउनसमेत सरकारलाई आग्रह गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी डाेटीले जिल्ला प्रशासन कार्यालय डोटी लाई आईतवार ध्यानाकर्षण पत्र बुझाएको छ ।
हरेक जनताहरुलाई शुसासनको अनुभूति गराउन राज्यका निकायहरुले तदारुकता र जिम्मेवारी देखाउने गरि काम हुनु पर्ने भएकाले प्रशासन कार्यालयकाे ध्यानाकर्षण हुनु पर्ने रा.स्व.पा.डाेटीका सभापति केशव बलायरले बताए ।
सभापति बलायर द्वारा हस्ताक्षरित पत्रमा भनिएकाे छ ।
लामो समय देखि डोटी जिल्ला अस्पताल सम्म जाने सवारी साधन नहुदा बिरामीहरुलाई मर्का पर्दै आईरहेका छन।
दिपायलवाट आउँने सार्वजनिक सवारी साधनहरुको अन्तिम रोक्ने ठाउँ सिलगढी स्थित प्रहरी चेक पोस्ट सम्म मात्र हुँदा दिर्घ रोग बिरामीहरुलाई र बृद्ध आमाबुवाहरुलाई जिल्ला अस्पताल सम्म आउन असहज वातावरणको स्थिति सिर्जना भएको छ।
जिल्ला अस्पताल डोटीमा कुरुवा घर नहुदा पनि बिरामिका आफन्तहरूलाई बस्नको लागि असहज भएको ब्यापक गुनासो आएको छ।
दुई वटा नव निर्मित भवनहरुको काम ढिलासुस्ती हुँदा अस्पतालको सेवा प्रवाहमा पनि समस्या देखिएको छ त्यसको प्रत्यक्ष प्रभाव जिल्ला अस्पताल सम्म जाने सेवाग्राहीलाई पर्दै आईरहेको छ।
सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत नि:शुल्क उपचार पाउने जेष्ठ र बिपन्न नागरिकहरुलाई अस्पताले आवश्यक सहजीकरण गर्नुपर्ने देखिन्छ।
एकातिर बिरामी शरीर अर्कोतिर उपचार नपाई फिर्ता हुनुपर्दा असाध्यै पिडा हुँदो रहेछ। नि:शुल्क उपचार लिन आउने नागरिकले ल्याउनुपर्ने अति आवश्यक कागजातको वारेमा रेडियो वा अरु सजिलो माध्यमवाट सार्वजनिक सूचनाको आह्वान गर्दा सेवाग्राहीलाई सहज हुने आम नागरिकको बुझाई रहेको छ।
तसर्थ , माथी उल्लेखित महत्वपूर्ण र सबै जनताले भोग्दै आईरहेका समस्याहरुलाई समाधान गर्नको लागि आवश्यक समन्वय र निर्देशन गरिदिन हुन यो पत्र मार्फत गम्भिर ध्यानाकर्षण गराउदछौ।
रा.स्व.पा डाेटीले जिल्लाका जनताले भाेगेका समस्यामा का विषयमा बेलबेलामा सम्बन्धित निकायलाई झकझक्याउदै आईरहेकाे छ ।
डाेटीमा यतिबेला भुवा पर्वकाे राैन सुरु भएकाे छ ।
शुदुरपश्चिमकाे विभिन्न जिल्लामा मनाईने भुवा पर्व डाेटीमा समेत उल्लास का साथ मनाईन्छ ।
पुस महिनाको औँसीको रातबाट मुढा बालेर सुरु गरिने भुवा पर्वलाई यहाँका स्थानीयले टाउकामा सेताे पगणि ,सेताे सट र सेताे झकुलाे (सेताे जामा) लगाउँदै हातमा ढाल तरवार समातेर भुवा खेल्न थालेपछि डाेटीमा भुवाकाे रौनक छाउन थालेको छ ।
त्रेतायुगमा पाण्डव र कौरबबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले जितको खुसियाली मनाएको दिनमा भुवापर्व मनाउने गरेको किंवदन्ती छ । यसै मान्यताका साथ सुदूरपश्चिमका विभिन्न जिल्लामा भव्य रुपमा मनाइने यो पर्व डाेटी वासीले यो वर्ष पनि हर्ष र उल्लासका साथ भुवा पर्व मनाउदै छन ।
डाेटीकाे पुर्विचाैकी गाउपालिका वडा नं ४ सानागाउँमा १९ गते रतेडि र २० गते दिउसेडी मेला हुने गरि भुवा राैनक छाएकाे हाे ।
शुदुर पश्चिमका जिल्ला हरुमा मनाइने भुवा मध्य सानागाउँकाे भुवा बिशेष रुपमा प्रख्यात रहेकाे छ ।
तिर्थ नेपाली पुस १६ काठमाण्डाै
बालाजु स्कुलमा अफ ईन्जिनियरिङ्ग कलेजमा खेलकुद सप्ताह सुरु भएको भएको छ ।
काठमाडौ महानगरपालिका वडा नं. १६ अवस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिसद् अर्न्तगत, बालाजु स्कुल अफ ईन्जिनियरिङग एण्ड टेक्नोलोजीको ६३ औ वार्सिक उत्सवको अवसरमारास्ट्रका लागि खेलकुद स्वास्थका लागि खेलकुद भने मुल नाराका साथ विद्यार्थीको चौतर्फी विकासको लागि हरेक बर्ष आयोजना गर्ने कार्यक्रम अर्न्तगत सञ्चालित खेलकुद सप्ताह यस वर्ष पनि आयोजना गारिएको बालाजुका प्रधानाध्यापक खुशीराम अधिकारीले बताए ।
खेलकुद सप्ताह अन्तर्गत म्याराथन ,चेस,ब्याट्मिटन म्युजिकल चेयर, हाजिर जवाफ,वतृत्व कला,टेबल टेनिस भलिबल ,फुटसल, क्रिकेट , बास्केटबल,टग अफ वार लगाएतका खेलहरु समावेश छ्न् ।
त्यस्तै खेलकुदले विभिन्न भूगोलबाट आएका विध्यार्थी भाईबहिनीहरुको एक अर्का प्रतिको आत्मियता सद्भाव, भाईचाराको सम्बन्ध स्थापित गर्ने माध्यम खेलकुद रहेको सप्ताहाका सयोजक सुदन भक्त अधिकारीले जानकारी गराए ।
पुस १४ गते बाट सुरु भएको खेलकुद सप्ताहको सम्पुर्ण नतिजा तथा पुरस्कार वितरण कार्यक्रम फाल्गुन १३ गते रहेको खेलकुद संयोजक सुदन भक्त अधिकारीले बताए ।
सप्ताहाका विजेता उपविजेताहरुले मेडल ,ट्रफी ,र प्रमाणपत्र पाउनेछन् ।
वि.सं.२०४५ सालमा स्थापना भएको बालाजुमा स्कुल अफ ईन्जिनियरिङग एण्ड टेक्नोलोजीबमा ,डिप्लोम ईन सिभिल,ईन्जिनियरिङ ,डिप्लोमा ईन बायोमेडिकल ईन्जिनियरिङ ,मेकाट्रोनिक ,मेकानिकल,अटोमोबाईल ,ईलेक्ट्रीकल ,प्रमाणपत्र तह अप्थालमिक साईन्स र प्रि- डिप्लोमा तह ईलेक्ट्रीकाल ,मेकानिकल लगाएतका कार्यक्रमहरु अध्यापन गराईन्छ ।
ईन्जिनियरिङ उत्पादन प्रतिष्ठित कलेजको रुपमा बालाजुलाई लिईन्छ
सुदूरपश्चिम प्रदेशमा आज पुसे १५(पन्ध्रकी रात ) पर्व मनाइने गरिन्छ । हरेक वर्ष पुस १५ गते मनाइने पुसे पन्ध्रमा रातभरि दन्त्य कथा, बातै (कहानी) सुन्ने र सुनाउने तथा तरुल सखरखण्ड, निसौसे रोटी लगायत मिठा परिकारहरू पकाएर खाने चलन रहेको छ ।
आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राति मिठो खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाई धुवाइ गर्ने चलन रहेको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेम शङ्कर भट्टले बताए ।
यस दिन डोटेली संस्कृति अनुसार आजको दिन १५ प्रकारका परिकार खाएर सुदूरपश्चिम बासीले पुसे १५ मनाउने गर्छन् । यो पर्वलाई ‘पन्ध्रकी रात’ पनि भन्ने चलन रही आएको छ । पुस पन्ध्रका राति टोल छिमेकका भेला भएर मुढाको आगो बालेर ताप्ने, जाग्राम बस्ने, चामलको पिठोबाट बनेको निसौसे रोटी, तरुल, पिँडालु, सखरखण्ड, फर्सी लगायतका खानेकुराहरू खाने र दन्त्य कथा भन्ने सुन्ने, सुनाउने समेत गरिन्छ ।
पर्व मनाउन एक ठाउँमा भेला भई मुढाको आगो ताप्नुपर्ने र एक–आपसमा हाँसो—ठट्टा गरी रमाइलो गर्दै रात बिताउने चलन पनि रही आएको छ । आज अर्थात् पुस पन्ध्रको रातको लागि के–के पकाउने भन्ने दिउँसो नै तयारी स्वरूप हरेक घरका गृहिणी खानाका मीठा परिकार पकाउने तयारीमा लागेका हुन्छन् । सो पर्वमा विवाहित छोरी बेटीहरूलाई समेत माइती घरमा आमन्त्रण गरी स्वागत एवम् सत्कार गर्ने चलन पनि रहेको छ । विशेष गरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहेको छ ।
घरको बुढ्यौली अर्थात् पाको मान्छेले दन्त्य कथा र बातै सुनाउने र आगो ताप्दै सुन्ने गरिन्छ । पुस १५ को यो अवसरले पुराना संस्कार सिक्न पाउने एक अवसर पनि रहेको छ । तर आधुनिक प्रविधिको विकास, आधुनिकतातिर ढल्कँदै गएको समाज र व्यस्त समयका कारण यो प्रचलन पातलिँदै गएको भन्ने बुढ्यौलीको गुनासो रही आएको छ ।
डोटी। डोटीको जोरायल गाउँपालिका-३ पातलमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ।
३९ वर्षीया भूमिसरा खड्काको आज सोमबार बिहान भिरबाट लडेर घटनास्थलमै मृत्यु स्थानीयले बताए छन् ।
उनी बिहान घरनजिकैको जंगलमा घाँस काट्न गएकी थिइन्। घाँस काट्ने क्रममा सन्तुलन गुमाएर उनी तल खोलामा खसेकी थिइन्। भिरबाट खसे लगत्तै उनको मृत्यु भएको स्थानीय उमेश साउँदले जानकारी दिए ।मृतकका श्रीमान्, दुई छोरा र दुई छोरी रहेका छन्।
आज पुस १५, डोटी लगायत सुदूरपश्चिमका जिल्लामा ‘पुसे पन्ध्र’ पर्व मनाइँदै छ । विशेष गरेर नेपालको सुदूरपश्चिम प्रदेशमा मनाइने यो पर्व यहाँको मौलिक पर्व हो ।
आज गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ ।
यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ । पुस १५ का दिन विशेष गरी तरुल, सखरखण्ड, फर्सी, पिँडालुलगायतका माटोमुनि उम्रिने कन्दमूल उसिनेर खाने चलन रही आएको छ ।
कन्दमूल खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने किंवदन्ती छ । सिलगढी, दिपायल,बिपिनगर लगायत डोटीका विभिन्न बजारमा केही दीन पहिला देखी नै यस्ता तरुल, सखरखण्ड लगायतको व्यापार सुरु भएको थियो ।
पूर्वजका पालाका पौराणिक कथाहरुलाई एक पिढीबाट अर्को पिढीमा सम्झिदै अनि सम्झाउँदै र सुन्दै वा सुनाउदै यो पर्व मनाउदै आईएको छ ।
पुर्वजका पाला देखि चल्दै आएका चाडपर्वहरु र यी चाडपर्वहरु मनाउने तिथि मितिलाई मनन गर्दा मान्छेले फुर्सदको समयमा मनोरन्जन लिने र दिने सोचका साथ तय गरेको पाईन्छ ।
यसरी फुर्सदको समयमा मनाइने तिनै चाडपर्वहरु अन्तर्गतको एउटा पर्व हो पुष पन्ध्र अर्थात पुसे पन्ध्र । गहुँ छरिसके पछि गाउँघरतिर पूर्ण फुर्सदिलो महिनाको रुपमा हेर्न सकिन्छ पुस महिनालाई । पुसपन्ध्रको लामो रातलाई कतै कतै कुनिकेउली खाने पर्वको रुपमा पनि अर्थाइएको पाइन्छ ।
सुदूरपश्चिममा मनाइने पुसे पन्ध्रलाई स्वतन्त्रताको प्रतीका रुपमा लिन सकिने साहित्यकार हेमन्त विवस बताउँनु हुन्छ । उहाँले भने,‘पुसे पन्ध्र जुन सदियौदेखि चल्दै आएको पर्व हो ।
जहाँ केटाकेटीहरु देखि बुढापकाहरुसम्मले मनोरञ्जन लिने गर्दछन् । समाजशास्त्रीय आँखाले हेर्ने हो भने यो पर्वलाई सामाजिक सद्भाव बढाउने अपनत्वको आभाष दिलाउने र नैतिकताको पाठ सिकाउने महत्वपूर्ण पाटोको रुपमा लिन सकिन्छ ।’
घरघरबाट बिभिन्न परिकार बनाउन सामग्री लगेर एक ठाउँमा जम्मा भई पकाउने बाडिचुडि खाने जुन चलन छ यसले थोरै मात्रामा भए पनि नजान्नेलाई परिकार पकाउन प्रोत्साहित गर्ने गर्दछ । एउटा जिज्ञाषापूर्ण पलको सिर्जना गर्दछ ।
सहयोगी भावना र आफुभन्दा ठुलाप्रतिको आदरका साथै समूहमा घुलमिल हँुदा लजालु पन र संकुचित भावनालाई निरुत्साहित गर्न समेत सघाउ पु¥याउँछ ।
रातभर बिभिन्न पौराणिक र लोक कथाहरु, गाउँखाने कथाहरु सुन्ने सुनाउने साथै गीत संगीतको समेत भरपुर आनन्द लिने पर्वका रुपमा हेर्न सकिन्छ पुसपन्ध्रलाई ।
जसले युवा युवतीहरुमा सिर्जनात्मक कलाको समेत बिकास गर्ने र भावी दिनमा समेत सिर्जनशील जिन्दगी जीउन सघाउ पु¥याउँछ । यो पर्व स्वतन्त्रताको प्रतीक पनि हो ।
डोटीमा झुन्डिएको अवस्थामा एक युवकको सव फेला परेको छ ।
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ घोल्तडा बस्ने बालु राम कोलिका छोरा बर्ष २९ का कमलेश कोलिको सव फेला परेको ईलाका प्रहरी कार्यालय डोटीले जनाएको छ । आज बिहान आफू सुत्ने कोठाको पंखाको सिलिङ्गमा दोपट्टाको पासो लगाएर झुन्डिएर आत्महत्या गरेको सोहि वडाका वडा अध्यक्ष गणेश भण्डारीले जनकारि दिएका छन् ।
घटना के कति कारणले घटेको हो भन्ने एकिन नभएको उक्त घटनामा खटिएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नाइब उपरीक्षक भिमलाल भट्टराईले बताउनु भयो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।