आज पुस १५, डोटी लगायत सुदूरपश्चिमका जिल्लामा ‘पुसे पन्ध्र’ पर्व मनाइँदै छ । विशेष गरेर नेपालको सुदूरपश्चिम प्रदेशमा मनाइने यो पर्व यहाँको मौलिक पर्व हो ।
आज गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ ।
यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ । पुस १५ का दिन विशेष गरी तरुल, सखरखण्ड, फर्सी, पिँडालुलगायतका माटोमुनि उम्रिने कन्दमूल उसिनेर खाने चलन रही आएको छ ।
कन्दमूल खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने किंवदन्ती छ । सिलगढी, दिपायल,बिपिनगर लगायत डोटीका विभिन्न बजारमा केही दीन पहिला देखी नै यस्ता तरुल, सखरखण्ड लगायतको व्यापार सुरु भएको थियो ।
पूर्वजका पालाका पौराणिक कथाहरुलाई एक पिढीबाट अर्को पिढीमा सम्झिदै अनि सम्झाउँदै र सुन्दै वा सुनाउदै यो पर्व मनाउदै आईएको छ ।
पुर्वजका पाला देखि चल्दै आएका चाडपर्वहरु र यी चाडपर्वहरु मनाउने तिथि मितिलाई मनन गर्दा मान्छेले फुर्सदको समयमा मनोरन्जन लिने र दिने सोचका साथ तय गरेको पाईन्छ ।
यसरी फुर्सदको समयमा मनाइने तिनै चाडपर्वहरु अन्तर्गतको एउटा पर्व हो पुष पन्ध्र अर्थात पुसे पन्ध्र । गहुँ छरिसके पछि गाउँघरतिर पूर्ण फुर्सदिलो महिनाको रुपमा हेर्न सकिन्छ पुस महिनालाई । पुसपन्ध्रको लामो रातलाई कतै कतै कुनिकेउली खाने पर्वको रुपमा पनि अर्थाइएको पाइन्छ ।
सुदूरपश्चिममा मनाइने पुसे पन्ध्रलाई स्वतन्त्रताको प्रतीका रुपमा लिन सकिने साहित्यकार हेमन्त विवस बताउँनु हुन्छ । उहाँले भने,‘पुसे पन्ध्र जुन सदियौदेखि चल्दै आएको पर्व हो ।
जहाँ केटाकेटीहरु देखि बुढापकाहरुसम्मले मनोरञ्जन लिने गर्दछन् । समाजशास्त्रीय आँखाले हेर्ने हो भने यो पर्वलाई सामाजिक सद्भाव बढाउने अपनत्वको आभाष दिलाउने र नैतिकताको पाठ सिकाउने महत्वपूर्ण पाटोको रुपमा लिन सकिन्छ ।’
घरघरबाट बिभिन्न परिकार बनाउन सामग्री लगेर एक ठाउँमा जम्मा भई पकाउने बाडिचुडि खाने जुन चलन छ यसले थोरै मात्रामा भए पनि नजान्नेलाई परिकार पकाउन प्रोत्साहित गर्ने गर्दछ । एउटा जिज्ञाषापूर्ण पलको सिर्जना गर्दछ ।
सहयोगी भावना र आफुभन्दा ठुलाप्रतिको आदरका साथै समूहमा घुलमिल हँुदा लजालु पन र संकुचित भावनालाई निरुत्साहित गर्न समेत सघाउ पु¥याउँछ ।
रातभर बिभिन्न पौराणिक र लोक कथाहरु, गाउँखाने कथाहरु सुन्ने सुनाउने साथै गीत संगीतको समेत भरपुर आनन्द लिने पर्वका रुपमा हेर्न सकिन्छ पुसपन्ध्रलाई ।
जसले युवा युवतीहरुमा सिर्जनात्मक कलाको समेत बिकास गर्ने र भावी दिनमा समेत सिर्जनशील जिन्दगी जीउन सघाउ पु¥याउँछ । यो पर्व स्वतन्त्रताको प्रतीक पनि हो ।



