२०८२ असार २६ बिहीबार
Social Media Icons
२०८२ असार २६ बिहीबार

सुदूरपश्चिम प्रदेशमा आज पुसे १५(पन्ध्रकी रात ) पर्व मनाइने गरिन्छ । हरेक वर्ष पुस १५ गते मनाइने पुसे पन्ध्रमा रातभरि दन्त्य कथा, बातै (कहानी) सुन्ने र सुनाउने तथा तरुल सखरखण्ड, निसौसे रोटी लगायत मिठा परिकारहरू पकाएर खाने चलन रहेको छ ।
आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राति मिठो खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाई धुवाइ गर्ने चलन रहेको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेम शङ्कर भट्टले बताए ।
यस दिन डोटेली संस्कृति अनुसार आजको दिन १५ प्रकारका परिकार खाएर सुदूरपश्चिम बासीले पुसे १५ मनाउने गर्छन् । यो पर्वलाई ‘पन्ध्रकी रात’ पनि भन्ने चलन रही आएको छ । पुस पन्ध्रका राति टोल छिमेकका भेला भएर मुढाको आगो बालेर ताप्ने, जाग्राम बस्ने, चामलको पिठोबाट बनेको निसौसे रोटी, तरुल, पिँडालु, सखरखण्ड, फर्सी लगायतका खानेकुराहरू खाने र दन्त्य कथा भन्ने सुन्ने, सुनाउने समेत गरिन्छ ।

पर्व मनाउन एक ठाउँमा भेला भई मुढाको आगो ताप्नुपर्ने र एक–आपसमा हाँसो—ठट्टा गरी रमाइलो गर्दै रात बिताउने चलन पनि रही आएको छ । आज अर्थात् पुस पन्ध्रको रातको लागि के–के पकाउने भन्ने दिउँसो नै तयारी स्वरूप हरेक घरका गृहिणी खानाका मीठा परिकार पकाउने तयारीमा लागेका हुन्छन् । सो पर्वमा विवाहित छोरी बेटीहरूलाई समेत माइती घरमा आमन्त्रण गरी स्वागत एवम् सत्कार गर्ने चलन पनि रहेको छ । विशेष गरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहेको छ ।

घरको बुढ्यौली अर्थात् पाको मान्छेले दन्त्य कथा र बातै सुनाउने र आगो ताप्दै सुन्ने गरिन्छ । पुस १५ को यो अवसरले पुराना संस्कार सिक्न पाउने एक अवसर पनि रहेको छ । तर आधुनिक प्रविधिको विकास, आधुनिकतातिर ढल्कँदै गएको समाज र व्यस्त समयका कारण यो प्रचलन पातलिँदै गएको भन्ने बुढ्यौलीको गुनासो रही आएको छ ।

डोटी। डोटीको जोरायल गाउँपालिका-३ पातलमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ। 

३९ वर्षीया भूमिसरा खड्काको आज सोमबार बिहान भिरबाट लडेर घटनास्थलमै मृत्यु स्थानीयले बताए छन् । 

उनी बिहान घरनजिकैको जंगलमा घाँस काट्न गएकी थिइन्। घाँस काट्ने क्रममा सन्तुलन गुमाएर उनी तल खोलामा खसेकी थिइन्। भिरबाट खसे लगत्तै उनको मृत्यु भएको स्थानीय उमेश साउँदले जानकारी दिए ।मृतकका श्रीमान्, दुई छोरा र दुई छोरी रहेका छन्।

आज पुस १५, डोटी लगायत सुदूरपश्चिमका जिल्लामा ‘पुसे पन्ध्र’ पर्व मनाइँदै छ । विशेष गरेर नेपालको सुदूरपश्चिम प्रदेशमा मनाइने यो पर्व यहाँको मौलिक पर्व हो ।

आज गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ ।

यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ । पुस १५ का दिन विशेष गरी तरुल, सखरखण्ड, फर्सी, पिँडालुलगायतका माटोमुनि उम्रिने कन्दमूल उसिनेर खाने चलन रही आएको छ ।

कन्दमूल खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने किंवदन्ती छ । सिलगढी, दिपायल,बिपिनगर लगायत डोटीका विभिन्न बजारमा केही दीन पहिला देखी नै यस्ता तरुल, सखरखण्ड लगायतको व्यापार सुरु भएको थियो ।

पूर्वजका पालाका पौराणिक कथाहरुलाई एक पिढीबाट अर्को पिढीमा सम्झिदै अनि सम्झाउँदै र सुन्दै वा सुनाउदै यो पर्व मनाउदै आईएको छ ।

पुर्वजका पाला देखि चल्दै आएका चाडपर्वहरु र यी चाडपर्वहरु मनाउने तिथि मितिलाई मनन गर्दा मान्छेले फुर्सदको समयमा मनोरन्जन लिने र दिने सोचका साथ तय गरेको पाईन्छ ।

यसरी फुर्सदको समयमा मनाइने तिनै चाडपर्वहरु अन्तर्गतको एउटा पर्व हो पुष पन्ध्र अर्थात पुसे पन्ध्र । गहुँ छरिसके पछि गाउँघरतिर पूर्ण फुर्सदिलो महिनाको रुपमा हेर्न सकिन्छ पुस महिनालाई । पुसपन्ध्रको लामो रातलाई कतै कतै कुनिकेउली खाने पर्वको रुपमा पनि अर्थाइएको पाइन्छ ।

सुदूरपश्चिममा मनाइने पुसे पन्ध्रलाई स्वतन्त्रताको प्रतीका रुपमा लिन सकिने साहित्यकार हेमन्त विवस बताउँनु हुन्छ । उहाँले भने,‘पुसे पन्ध्र जुन सदियौदेखि चल्दै आएको पर्व हो ।

जहाँ केटाकेटीहरु देखि बुढापकाहरुसम्मले मनोरञ्जन लिने गर्दछन् । समाजशास्त्रीय आँखाले हेर्ने हो भने यो पर्वलाई सामाजिक सद्भाव बढाउने अपनत्वको आभाष दिलाउने र नैतिकताको पाठ सिकाउने महत्वपूर्ण पाटोको रुपमा लिन सकिन्छ ।’

घरघरबाट बिभिन्न परिकार बनाउन सामग्री लगेर एक ठाउँमा जम्मा भई पकाउने बाडिचुडि खाने जुन चलन छ यसले थोरै मात्रामा भए पनि नजान्नेलाई परिकार पकाउन प्रोत्साहित गर्ने गर्दछ । एउटा जिज्ञाषापूर्ण पलको सिर्जना गर्दछ ।

सहयोगी भावना र आफुभन्दा ठुलाप्रतिको आदरका साथै समूहमा घुलमिल हँुदा लजालु पन र संकुचित भावनालाई निरुत्साहित गर्न समेत सघाउ पु¥याउँछ ।

रातभर बिभिन्न पौराणिक र लोक कथाहरु, गाउँखाने कथाहरु सुन्ने सुनाउने साथै गीत संगीतको समेत भरपुर आनन्द लिने पर्वका रुपमा हेर्न सकिन्छ पुसपन्ध्रलाई ।

जसले युवा युवतीहरुमा सिर्जनात्मक कलाको समेत बिकास गर्ने र भावी दिनमा समेत सिर्जनशील जिन्दगी जीउन सघाउ पु¥याउँछ । यो पर्व स्वतन्त्रताको प्रतीक पनि हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।