२०८१ फाल्गुन २८ बुधबार
Social Media Icons
२०८१ फाल्गुन २८ बुधबार

धनगढीः मोटरसाइकल दुर्घटना हुँदा बाजुराका एक स्वास्थ्यकर्मिको धनगढीमा मृत्यु भएको छ। बिहीवार साँझ धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरीनजिकै अत्तरियाबाट धनगढीतर्फ आइरहेको दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो।

सो दुर्घटनामा बाजुराको बढीमालिका नगरपालिका–७ का ३० वर्षीय धर्मराज खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी एवं प्रवक्ता कबिन्द्रसिंह बोहराले बताए। मृतक खत्री मार्तडी स्वास्थ्य चौकी चुथिका जनस्वास्थ्य निरीक्षक हुन्।
प्रहरीका अनुसार उनी केही दिन अगाडिमात्रै धनगढीमा तालिमको सिलसिलामा आएका थिए। यस्तै खत्रीले चलाएको मोटरसाइकलमा पछाडी सवार शिखर नगरपालिका-११ बस्ने २५ वर्षीया शर्मिला थापा घाइते भएकी छिन्।
धनगढी उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय पुरन शाहले चलाएको सुदूरपश्चिम प्रदेश ०१२ प ९४१६ नम्बरको मोटरसाइकल र खत्रीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो। सुदूरपश्चिम प्रदेश ०१२ प ९४१६ नम्बरको मोटरसाइकल र मोटरसाइकल चालक शाहलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।

अर्को वर्षदेखि कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले परीक्षा र रजिष्ट्रेसन फारामबापत शुल्क तिर्न नपर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले गरेको यो निर्णय कार्यान्वयन भए हरेक वर्ष सामुदायिक विद्यालयमा अध्ययन गर्ने करिब पाँच लाख विद्यार्थीले परीक्षा फाराम र रजिष्ट्रेसन फारामका लागि शुल्क तिर्नुपर्दैन। 

यी शीर्षकमा शुल्क नलिने निर्णय गरेर बोर्डले कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ ।

सरकारी राजस्वसँग सम्बन्धित विषय भएका कारण शुल्क नलिने बोर्डको निर्णयसहितको सिफारिसलाई शिक्षा मन्त्रालयले कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा पठाउनुपर्ने छ। 

शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, अर्थ मन्त्रालयले आर्थिक वर्षको सुरुवात हुनुअघि संसदमा प्रस्तुत गर्ने विनियोजन विधेयकबाट यो विषय हटाएपछि मात्रै यो निर्णय पूर्ण कार्यान्वयनमा जाने छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने विद्यालय तहमा यसै वर्षदेखि परीक्षा र रजिष्ट्रेसन फारामबापत विद्यार्थीबाट लिने शुल्क मिनाहा गर्ने योजना बनाएको थियो । 

तर, चालु आवको विनियोजन विधेयकमा विद्यार्थीबाट लिइने शुल्क र त्यसबाट संकलन हुने राजस्वसम्बन्धी विषय समावेश भएका कारण तत्काललाई शुल्क नलिई परीक्षा फाराम र रजिष्ट्रेसन फाराम भराउने मन्त्रालयको योजना पूरा हुन नसकेको हो ।

अर्थ मन्त्रालयसँग यस विषयमा छलफल गर्दा शुल्क मिनाहा गर्न नसकिने भएपछि मन्त्रालयले अर्को वर्षदेखि मात्रै शुल्क नलिने गरी निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको थियो । 

बोर्डको अहिलेको निर्णय अनुसार सामुदायिक विद्यालयमा अर्को वर्षदेखि कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले रजिष्ट्रेसन र परीक्षा शुल्कबापत सरकारलाई पैसा तिर्नु पर्दैन ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार हरेक वर्ष कक्षा ९ मा पाँच लाख हाराहारी विद्यार्थीले रजिष्ट्रेसन फाराम भर्ने गर्छन् । अहिले रजिष्ट्रेसन फारामबापत विद्यार्थीले ३०० रुपैयाँ तिर्दै आएका छन् ।

त्यस्तै कक्षा १० को अन्त्यमा लिइने माध्यमिक शिक्षा परीक्षा ९एसइई० का लागि हरेक विद्यार्थीले परीक्षा फारामबापत ५०० रुपैयाँ राजस्व तिर्दै आएका छन् । 

कक्षा ११ मा रजिष्ट्रेसन फाराम भरेबापत विद्यार्थीले बोर्डलाई ६०० रुपैयाँ राजस्व तिर्दै आएका छन् । कक्षा ११ को परीक्षा सञ्चालनको जिम्मा सम्बन्धित विद्यालयको भए पनि रजिष्ट्रेसन शुल्क भने बोर्डले लिँदै आएको छ । 

शुल्क लिने कि नलिने भन्ने अन्योलका कारण यस वर्ष एसइईको परीक्षा फाराम भर्ने समयसमेत एक महिना ढिलो भइसकेको छ। परीक्षा नियन्त्रक पौडेलका अनुसार यस पटक परीक्षा फाराम भर्ने समय ३० दिन मात्रै दिइने छ ।

विगतमा परीक्षा फाराम भर्नका लागि ४५ दिन समय दिने गरिएको थियो। 

साथै रजिष्ट्रेसन तथा परीक्षा फारामका लागि दोब्बर दस्तुर तिरेर एक साता समय थप दिने व्यवस्था पनि यस पटकबाट हटाइएको बोर्डले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।