डोटीको बाेगटानफुडसिल गाउँपालिकाको केदारअखडामा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ ।
गाउँपालिकाको वडा नम्बर–२ को वडा कार्यालय केदारअखडाले आर्थिक वर्ष २०८०/०८१ को कार्य प्रगतिसहितको सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो ।
वडा कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका कार्यपालिकाको कार्यालयले वडामा गरेको अघिल्लो आर्थिक वर्षमा गरेका कार्य प्रगति प्रस्तुत गरेको छ ।
वडा सचिव जगत् बमले हालसम्म गरेका प्रगतिको प्रतिवेदन सार्वजनिक सुनुवाइमा प्रस्तुत गरेका थिए ।
सार्वजनिक सुनुवाइमा गोरेटो बाटोहरूको स्तरोन्नति हुनु पर्ने, केदारअखडा प्राथमिक स्वस्थ केन्द्र देखि मल्लो चाल्स सम्म जाने सडक सुचारु हुनु पर्ने ,लक्षित बर्गकाे दलितको लागि बजेट विनियोजन हुनु पर्ने,कृषि समूह गठन गरी बजेट व्यवस्थापन हुनुपर्ने लगायतका
विषयमा छलफल भएको थियो
सार्वजनिक सुनुवाइका प्रमुख जबाफदेही वक्ता वडा अध्यक्ष भरत बमले आफूले चाहेर पनि साेचे अनुसारकाे काम गर्न नसकेको बताउँदै,पालिकाबाट आउने बजेट कम हुने हुँदा वडा बासिन्दाको समस्या समयमै सम्बोधन गर्न नसके पनि आफ्नो कार्यकाल भित्रै सम्बोधनको भरपुर प्रयास रहने बताए ।
डोटीको बाेगटानफुडसिल गाउँपालिका वडा नं ५ धिर्कामाण्डाैमा वडा स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार बाेगटानफुडसिल गाउँपालिका वडा नं ५को आयोजना सिड नेपाल डोटीको आर्थिक सहयोगमा सार्वजनिक सुनुवाइ गरिएको हो ।
कार्यक्रममा विशेष गरी सडकको स्तराेन्नति हुनु पर्ने, सञ्चारको सबै ठाउमा २४ घण्टा पहुँच हुनुपर्ने, वडा स्तरमा हुने निर्माण का कार्यहरू उपभोक्ता समिति मार्फत गरिनु पर्ने, पालिकाले सहकारी सञ्चालन कार्यविधि बनाई सहकारी सञ्चालनका लागि पहल गरिनु पर्ने ,सहकारी र वडाकाे सम्झौता अनुसारको काम हुनु पर्ने , सिचाई कुलाेहरु मर्मत तथा निर्माण गरिनु पर्ने ,सबै टोलहरू महिला स्वास्थ्य स्वयम सेवीकाको पहुँच हुनु पर्ने,मदिरा नियन्त्रणका लागि गरिएका कदम अगाडि बढ्नु पर्ने ,उपभोक्ता समिति गठन गर्दा आफु अनुकुलका व्यक्ति नहुनु पर्ने र विद्धुत विस्तारका क्रममा गरेका कामकाे भुक्तानी हुनु पर्ने लगायतका विषयमा प्रश्न माथि छलफल गरिएको थियो ।
वडा कार्यालयका विभिन्न गतिविधि हरू सबै संग छलफल गरेरै सञ्चालन भएको भन्दै ,सार्वजनिक सुनुवाइ मा उठेका प्रश्न र सुझाव लाई आगामी दिनमा सम्बोधन गर्ने वडा अध्यक्ष राम बहादुर बोहराले प्रतिबद्धता गर्नु भएको छ ।