२०८१ फाल्गुन २८ बुधबार
Social Media Icons
२०८१ फाल्गुन २८ बुधबार

पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

सोही क्रममा शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर चार दशमलव तीन, पुस ३ गते बझाङको धामेना मै चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको थियो ।

यस्तै, पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर चार दशमलव सात म्याग्निच्यूडको भूकम्प गयो ।
पुस छ गते बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूडको भूकम्प जाँदा पुस नौ गते ९ बजेर २५ मिनेट जादा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर चार म्याग्नेचुड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको विभागले जनाएको छ ।

विभागका अनुसार, शुक्रबार ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको हो ।

विभागका अनुसार, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्यूडको भूकम्प गएको थियो । सो भूकम्पपछि मात्रै पश्चिम नेपालमा पाँच परकम्प गएको सम्वद्ध जानकारको भनाइ छ ।

मौसमविद्हरूले पूर्वानुमान गरेअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा वर्षा र हिमपात शुरू भएको छ ।

गएरातिदेखि पश्चिमबाट वर्षा र हिमपात शुरू भएको तथा पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार भरे बेलुकासम्म काठमाण्डौसहित देशका धेरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागले यसअघि नै विशेष मौसमी बुलेटिन सार्वजनिक गर्दै हिजोदेखि पानी पार्ने प्रणाली पश्चिमबाट सक्रिय हुने जानकारी दिएको थियो ।
आज देशका धेरै ठाउँमा हल्का पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने विभागले जनाएको छ ।
विभागका अनुसार भोलिदेखि मौसममा सुधार हुनेछ । वर्षा र हिमपातसँगै चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद हरूले आग्रह गरेका छन् ।

धनगढीः मोटरसाइकल दुर्घटना हुँदा बाजुराका एक स्वास्थ्यकर्मिको धनगढीमा मृत्यु भएको छ। बिहीवार साँझ धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरीनजिकै अत्तरियाबाट धनगढीतर्फ आइरहेको दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो।

सो दुर्घटनामा बाजुराको बढीमालिका नगरपालिका–७ का ३० वर्षीय धर्मराज खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी एवं प्रवक्ता कबिन्द्रसिंह बोहराले बताए। मृतक खत्री मार्तडी स्वास्थ्य चौकी चुथिका जनस्वास्थ्य निरीक्षक हुन्।
प्रहरीका अनुसार उनी केही दिन अगाडिमात्रै धनगढीमा तालिमको सिलसिलामा आएका थिए। यस्तै खत्रीले चलाएको मोटरसाइकलमा पछाडी सवार शिखर नगरपालिका-११ बस्ने २५ वर्षीया शर्मिला थापा घाइते भएकी छिन्।
धनगढी उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय पुरन शाहले चलाएको सुदूरपश्चिम प्रदेश ०१२ प ९४१६ नम्बरको मोटरसाइकल र खत्रीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो। सुदूरपश्चिम प्रदेश ०१२ प ९४१६ नम्बरको मोटरसाइकल र मोटरसाइकल चालक शाहलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।

अर्को वर्षदेखि कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले परीक्षा र रजिष्ट्रेसन फारामबापत शुल्क तिर्न नपर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले गरेको यो निर्णय कार्यान्वयन भए हरेक वर्ष सामुदायिक विद्यालयमा अध्ययन गर्ने करिब पाँच लाख विद्यार्थीले परीक्षा फाराम र रजिष्ट्रेसन फारामका लागि शुल्क तिर्नुपर्दैन। 

यी शीर्षकमा शुल्क नलिने निर्णय गरेर बोर्डले कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ ।

सरकारी राजस्वसँग सम्बन्धित विषय भएका कारण शुल्क नलिने बोर्डको निर्णयसहितको सिफारिसलाई शिक्षा मन्त्रालयले कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा पठाउनुपर्ने छ। 

शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, अर्थ मन्त्रालयले आर्थिक वर्षको सुरुवात हुनुअघि संसदमा प्रस्तुत गर्ने विनियोजन विधेयकबाट यो विषय हटाएपछि मात्रै यो निर्णय पूर्ण कार्यान्वयनमा जाने छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने विद्यालय तहमा यसै वर्षदेखि परीक्षा र रजिष्ट्रेसन फारामबापत विद्यार्थीबाट लिने शुल्क मिनाहा गर्ने योजना बनाएको थियो । 

तर, चालु आवको विनियोजन विधेयकमा विद्यार्थीबाट लिइने शुल्क र त्यसबाट संकलन हुने राजस्वसम्बन्धी विषय समावेश भएका कारण तत्काललाई शुल्क नलिई परीक्षा फाराम र रजिष्ट्रेसन फाराम भराउने मन्त्रालयको योजना पूरा हुन नसकेको हो ।

अर्थ मन्त्रालयसँग यस विषयमा छलफल गर्दा शुल्क मिनाहा गर्न नसकिने भएपछि मन्त्रालयले अर्को वर्षदेखि मात्रै शुल्क नलिने गरी निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको थियो । 

बोर्डको अहिलेको निर्णय अनुसार सामुदायिक विद्यालयमा अर्को वर्षदेखि कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले रजिष्ट्रेसन र परीक्षा शुल्कबापत सरकारलाई पैसा तिर्नु पर्दैन ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार हरेक वर्ष कक्षा ९ मा पाँच लाख हाराहारी विद्यार्थीले रजिष्ट्रेसन फाराम भर्ने गर्छन् । अहिले रजिष्ट्रेसन फारामबापत विद्यार्थीले ३०० रुपैयाँ तिर्दै आएका छन् ।

त्यस्तै कक्षा १० को अन्त्यमा लिइने माध्यमिक शिक्षा परीक्षा ९एसइई० का लागि हरेक विद्यार्थीले परीक्षा फारामबापत ५०० रुपैयाँ राजस्व तिर्दै आएका छन् । 

कक्षा ११ मा रजिष्ट्रेसन फाराम भरेबापत विद्यार्थीले बोर्डलाई ६०० रुपैयाँ राजस्व तिर्दै आएका छन् । कक्षा ११ को परीक्षा सञ्चालनको जिम्मा सम्बन्धित विद्यालयको भए पनि रजिष्ट्रेसन शुल्क भने बोर्डले लिँदै आएको छ । 

शुल्क लिने कि नलिने भन्ने अन्योलका कारण यस वर्ष एसइईको परीक्षा फाराम भर्ने समयसमेत एक महिना ढिलो भइसकेको छ। परीक्षा नियन्त्रक पौडेलका अनुसार यस पटक परीक्षा फाराम भर्ने समय ३० दिन मात्रै दिइने छ ।

विगतमा परीक्षा फाराम भर्नका लागि ४५ दिन समय दिने गरिएको थियो। 

साथै रजिष्ट्रेसन तथा परीक्षा फारामका लागि दोब्बर दस्तुर तिरेर एक साता समय थप दिने व्यवस्था पनि यस पटकबाट हटाइएको बोर्डले जनाएको छ ।

डोटीको जोरायल गाउँपालिका वडा नम्बर ६ मा रहेका विभिन्न टोलहरुलाइ छाउपडी गोठ मुक्त टोल घोषणा गरिएका छन्। वडा नम्बर ६ को  गाबर, डाँडागाउँ, कफल्तडि टोल लाई  छाउपडी गोठ मुक्तटोल घोषणा गरिएको हो।

सृजनशील स्वास्थ्य आमा समूहको सक्रियतामा वडास्तरीय बालअधिकार समिति सामुदायिक विकास मञ्च डोटी लगायत वडा नम्बर ६ को वडा कार्यालयको सक्रियतामा छाउपडी गोठ मुक्त टोल घोषणा गरिएको हो।

सबै प्रकारको बिभेद अन्त गर्नको लागी सरोकार वालाले साझा प्रतिबद्धता समेत व्यक्त गरेका छ्न ।
छाउपडी  कु प्रथाले किसोरि, महिला  बालबालिकामा असर पर्ने भएकाले यसको  अन्त्यका लागि स्थानीय सरकार  राजनीतिक दलका बुद्धिजिबि लगायत आम नागरिकले जनचेतना जगाउदै एक जुट भएर लाग्नु पर्ने जोरायल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गणेश बोहराले बताउनु भयो ।

देवी देउताको डरका कारण यहाँका ग्रामीण क्षेत्रमा अहिलेसम्म पनि छाउपडी मान्ने चलन कायमै रहेको छ । यहाँका ग्रामीण बस्तिका गाउँ गाउँमा छाउपडी गोठहरु रहेको र महिलाहरुले महिनावारी भएका बेला छाउगोठमै सुत्नु पर्ने अवस्था रहेको स्थानीयले बताएका छ्न ।


एकेन्द्र चन्द,डोटी/ विगतमा घरायसी प्रयोगका लागि मात्रै आलु खेती गर्दै आएका डोटीका किसान अहिले व्यावसायिक आलु खेती तर्फ आकर्षित भएका छन् ।
डोटीमा १ हजार ३ सय ६५ हेक्टर जमिनमा हिउँदेआलु खेती हुने गरेको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ ।

चक्लावन्दिमा आलु खेति तथा क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत अहिले जिल्लाको शिखर नगरपालिका, केआई सिंह गाउँपालिका, दिपायल सिलगढी नगरपालिका र आदर्श गाउँपालिका किसानहरुले  चक्लावन्दिमा आलु खेति गरिरहेका छ्न ।
जिल्लामा लगभग २ सय जनाको   हाराहारीमा ब्यवसायिक आलु खेती गर्ने किसानको  संख्या रहेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्तथिले बताउनुभयो।
शिखर नगरपालिका- १ कपल्लेकी (गुठेउरी)का किसान इन्द्र खत्रीले १५ रोपनी जमिनमा हिउँदे आलु खेती गर्नु भएको छ।

गाउँ सम्म पुग्ने सडक निर्माण भएको भएपनी यो बर्ष रोड सफाइको काम नहुदा आलु लगायत कृषि उपजहरु बजार सम्म पुर्याउन  समस्या हुने उहाँले बताउनु भयो ।

पोहोर साल केजिको ४० रुपैयाँ सम्ममा आलु बिक्रि गरेको बताउदै आलु खेती लगायत टमाटर लसुन लगायतको खेती गर्दै आएका छु कृषि गरेर छोरा छोरी लगायत घर खर्च चलाउन सहज भएको उहाँले बताउनु भयो ।

हिउँदे आलुमा देखिने रोग किराको लागि निःशुल्क रुपमा विषादी बिउ आलुमा अनुदान यस वर्षबाट नयाँ प्रविधि अन्तर्गत प्लास्टिक मलचिङमा आलु खेती विस्तार र जसले कम पानीमा पनि आलुको उत्पादन बढाउन सकिने लगायत सिचाईमा पनि सघाउने गरेको छौ  यो वर्ष पनि आलुको अवस्था राम्रो  रहेको छ ।

मौसमले साथ दियो भने यस वर्ष हिउँदे आलुको उत्पादन बढ्ने आँकलन रहेको   प्रमुख अवस्तथिले बताउनु भयो ।

किसानहरूले लसुन खेती पनि गर्दै आएका र धेरै जस्तो  झारपातको समस्या हुने गरेको छ। यसलाई रोक्न यस वर्षदेखि नयाँ प्रविधि अन्तर्गत प्लास्टिक मल्चिङमा लसुन खेती गर्ने कार्यक्रम समेत सुरु भएको उहाँले बताउनुभयो ।
पछिल्लो समय डोटीमा व्यवसायिक कृषि पेशा गर्नेको संख्या समेत वृद्धि हुँदै गएको देखिन्छ ।

डोटीको बाेगटानफुडसिल गाउँपालिका वडा नं.३ काे कानाचाैरबाट २८० जना बसाइ सरेका छन् ।

आर्थिक वर्ष २०८०/०८१ मा वडा कार्यालय बाट यश वर्ष सबै भन्दा बढीले बसाई सराइको सिफारिस लिएको वडा सचिव केसर सिंह बुढा ले बताए ।

यो क्षेत्रमा भौगोलिक विकटता, विद्धुत,सञ्चार,सडक, गुणस्तरीय शिक्षा,स्वास्थ्य  जनताको पहुँचमा नहुनु , र स्थानीय सरकारले जनतालाई आयआर्जन मुखी बनाउन नसक्दा र रोजगारी सृजना गर्न नसके कारण बसाई सराई दर बढेको स्थानीय ले बताए ।

यो क्षेत्रमा जे गरे पनि बसाइ सराई रोक्न नसकिने वडा अध्यक्ष कृष्ण बहादुर बमले बताए । उनले भने आजभोलि सबै रोजगारीका लागि भारत र अन्य तेस्रो मुलुक जान्छन् उतैबाट तराई तिर घर वास जाेड्छन, हुने खाने पहिल्यै गइसके आज भोलि सबै जेनतेन गरेर पैसा जम्मा गर्छन् हिन्छन ।

मानिसलाई जति जति सेवा सुभिदा भयो झन् बढी सुविधा खाेज्छन त्यस कारण बसाई सराई रोक्ने कुरा चुनौती भएको अध्यक्ष बमले बताए । 

यसरी पहाड बाट बर्सेनि बसाइ सराई बढ्दै जानुले सरकार जनता प्रति उत्तरदायी नभएको देखिएको छ ।

डोटीको बाेगटानफुडसिल गाउँपालिका वडा नं. ३ कानाचाैरमा आज (शनिवार) सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ ।

बाेगटानफुडसिल गाउँपालिका वडा नं. ३ को आयोजना ,सिड नेपाल डोटी र यु,एम,एन को सहयोगमा आर्थिक वर्ष २०८०/०८१ को कार्य प्रगतिसहितको सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो ।

वडा सचिव केसर सिंह बुढा हालसम्म गरेका प्रगतिको प्रतिवेदन सार्वजनिक सुनुवाइमा प्रस्तुत गरेका थिए ।

सार्वजनिक सुनुवाइमा स्थानीयले
फलफूलका बिरुवामा लागेको बिरुवा को निराकरण गर्नु पर्ने ,खेलकुदको बजेट योजना बनाई विनियोजन हुनु पर्ने, वडा कार्यालयमा कृषि प्राविधिक हुनु पर्ने, योजनाको काम अनुगमन गरिनु पर्ने,लगायतका विषयमा सवाल जवाफ भएको थियो।

कार्यक्रमका प्रमुख जबाफदेही वक्ता वडा  अध्यक्ष कृष्ण बहादुर बम आफूले चाहेर पनि सोचे अनुसारको काम गर्न नसकेको बताउँदै,पालिकाबाट आउने बजेट कम हुने हुँदा वडा बासिन्दाको सबै समस्या  सम्बोधन गर्न नसके पनि आगामिदिन मा सम्बोधन हुने बताएका छन् ।

डोटीको बाेगटानफुडसिल गाउँपालिकाको केदारअखडामा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ ।

गाउँपालिकाको वडा नम्बर–२ को वडा कार्यालय केदारअखडाले आर्थिक वर्ष २०८०/०८१ को कार्य प्रगतिसहितको सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो ।

वडा कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका कार्यपालिकाको कार्यालयले वडामा गरेको अघिल्लो आर्थिक वर्षमा गरेका कार्य प्रगति प्रस्तुत गरेको छ ।

वडा सचिव जगत् बमले हालसम्म गरेका प्रगतिको प्रतिवेदन सार्वजनिक सुनुवाइमा प्रस्तुत गरेका थिए ।

सार्वजनिक सुनुवाइमा गोरेटो बाटोहरूको स्तरोन्नति हुनु पर्ने, केदारअखडा प्राथमिक स्वस्थ केन्द्र देखि मल्लो चाल्स सम्म जाने सडक सुचारु हुनु पर्ने ,लक्षित बर्गकाे दलितको लागि बजेट विनियोजन हुनु पर्ने,कृषि समूह गठन गरी बजेट व्यवस्थापन हुनुपर्ने लगायतका
विषयमा छलफल भएको थियो

सार्वजनिक सुनुवाइका प्रमुख जबाफदेही वक्ता वडा  अध्यक्ष भरत बमले आफूले चाहेर पनि साेचे अनुसारकाे काम गर्न नसकेको बताउँदै,पालिकाबाट आउने बजेट कम हुने हुँदा वडा बासिन्दाको समस्या समयमै सम्बोधन गर्न नसके पनि आफ्नो कार्यकाल भित्रै सम्बोधनको भरपुर प्रयास रहने बताए ।


डोटीको बाेगटानफुडसिल गाउँपालिका वडा नं ५ धिर्कामाण्डाैमा वडा स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम  सम्पन्न भएको छ ।

बिहीबार  बाेगटानफुडसिल गाउँपालिका वडा नं ५को आयोजना सिड नेपाल डोटीको आर्थिक सहयोगमा सार्वजनिक सुनुवाइ गरिएको हो ।

कार्यक्रममा विशेष गरी सडकको स्तराेन्नति हुनु पर्ने, सञ्चारको सबै ठाउमा २४ घण्टा पहुँच हुनुपर्ने, वडा स्तरमा हुने निर्माण का कार्यहरू उपभोक्ता समिति  मार्फत गरिनु पर्ने, पालिकाले सहकारी सञ्चालन कार्यविधि बनाई सहकारी सञ्चालनका लागि पहल गरिनु पर्ने ,सहकारी र वडाकाे सम्झौता अनुसारको काम हुनु पर्ने , सिचाई कुलाेहरु मर्मत तथा निर्माण गरिनु पर्ने ,सबै टोलहरू महिला स्वास्थ्य स्वयम सेवीकाको पहुँच हुनु पर्ने,मदिरा नियन्त्रणका लागि गरिएका कदम अगाडि बढ्नु पर्ने ,उपभोक्ता समिति गठन गर्दा आफु अनुकुलका व्यक्ति नहुनु पर्ने र विद्धुत विस्तारका क्रममा गरेका कामकाे भुक्तानी हुनु पर्ने लगायतका विषयमा प्रश्न माथि छलफल गरिएको थियो ।

वडा कार्यालयका विभिन्न गतिविधि हरू सबै संग छलफल गरेरै सञ्चालन भएको भन्दै ,सार्वजनिक सुनुवाइ मा उठेका प्रश्न र सुझाव लाई आगामी दिनमा सम्बोधन गर्ने वडा अध्यक्ष राम बहादुर बोहराले प्रतिबद्धता गर्नु भएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।