२०८१ माघ २७ आईतवार
Social Media Icons
२०८१ माघ २७ आईतवार

गाईजात्राले गरेको झोले हरुको प्रतियोगितामा “महाँझोले” को उपाधिमा सोसल मीडिया इन्फ्लुएन्सर स्वारि पराजित भएका छन्।
यो प्रतियोगिता गाईजात्राले आफ्नो X अकाउन्टमा गरेको थियो ।
यो वर्षको महाझोले उपाधिमा सहभागी मध्ये हरदिप भट्टराईले 52% मत सहित बहुमत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन् भने

झोले स्वारी, जसलाई झोले हरुमध्य सबै भन्दा बलियो दावेदार मानिन्थ्यो उनी पराजित भएका छन्। उनले 29% मात्र मत प्राप्त गरेका छन भने यो मत बाट असन्तुष्टि व्यक्त गर्दै यसमा घण्टा पार्टीका साथीहरुको हात हुन सक्ने आशंका व्यक्त गर्दै अर्को वर्ष झनै राम्रो संगले तयारी गर्ने प्रतिक्रिया दिएका छन् । उनका समर्थकहरूले भने “स्वारीको झोलेगिरी अँझ निखार्नुपर्ने रहेछ।” भन्ने प्रतिक्रिया दिएका छन् ।

तेस्रो स्थानमा भने झोले अनिस प्याकुरेलले 12% मत मात्र प्राप्त गर्न सकेका छन् भने उनले निरास मुद्रा बनाउँदै “यस्तै हो हार जीत स्वाभाविक हो भनेर प्रतिक्रिया दिएका थिए ।
र यसैगरी अन्तिम स्थानमा चित्त बुझाउन बाध्य हुँदै झोले सास्ती सुमनले 8% मात्रै मत ल्याउन सकेकोमा अत्यन्त निराश हुँदै “झोलमा नुन अलिक कम भयो कि क्या हो?” भन्दै बाहिरिएका थिए ।

प्रतियोगिताका मुख्य आयोजक गाईजात्राले भने, “यो महाझोले को प्रतियोगितामा भाग लिने र विजयी उमेद्वारहरुलाई बधाइ दिँदै वर्ष २०२५ मा पनि झोलेगिरीको काम अझै भव्य तरिकाले निभाउन हुन झोलेहरूलाई अपील गरेको थियो ।

महाझोलेमा निर्वाचित हरदीपले भट्टराईले आफ्नो विजयी भाषणमा बोल्दै “यो महाझोले को उपाधि मेरो मात्र हैन समग्र म जस्ता झोलेहरूको हो भन्दै सम्पूर्ण झोलेहरुलाई धन्यबाद पनि दिनु भयो ।
मुख्य आयोजक गाईजात्राले प्रथम र दोस्रो हुने विजेता हरदिप भट्टराई र उपविजेता स्वारी लाई पुरस्कार वितरण गर्दै अर्को वर्षको महाझोले प्रतियोगिता झनै रमाइलो र भव्य प्रतिस्पर्धा हुने भन्दै यो वर्षको
महाझाेले प्रतियोगिता सम्पन्न भएको घोषणा गरेको थियो ।

Disclaimer: यस लेखको पात्रहरू काल्पनिक हुन र यो विशुद्ध मनोरन्जनको लागि भएको हुँदा कसैको जीवन संग मेल खाएमा संयोग मात्र हुनेछ

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।